skip this

धोकाधोकी राजनीतिले कसैलाई पनि फाइदा नपुग्ने गोकुल बाँस्कोटाको टिप्पणी

960 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । धोकाधोकी राजनीतिले कसैलाई पनि फाइदा नपुग्ने नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले बताएका छन् । विराटनगरमा नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले धोकाधोकी राजनीतिको बारेमा सोच्नै नहुने बताएका छन्।

नेता बाँस्कोटाले एमाले र माओवादीका बिच सत्ता समीकरण बनाउने क्रममा एमालेले सभामुख र राष्ट्रपति पाउने सहमति भए अनुसार नै अहिलेको समीकरण अघि बढ्ने बताएका छन् । नेता बाँस्कोटाले आगामी फागुन २८ गते भित्र राष्ट्रपति देशले पाउनै पर्ने कानुनी व्यवस्था रहेको जानकारी दिँदै त्यो मितिसम्ममा राष्ट्रपतिको निर्वाचन हुने जनाएका छन् । नेपाल खेलकुद महासंघको राष्ट्रिय महाधिवेशन आगामी फागुन ७ गते विराटनगरमा हुने जानकारी दिइएको थियो ।

त्यस्तै नेताबाँस्कोटाले राष्ट्रपति निर्वाचनमा एमालेलाई नसघाए माओवादी केन्द्र भद्रगोल हुने बताएका छन् । नेता बाँस्कोटाले नेपालको राजनीतिक अवस्था षड्यन्त्रदेखि षड्यन्त्रसम्म र गठबन्धनदेखि गठबन्धनसम्म भएकाले एमालेका उम्मेदवारलाई माओवादीले सघाउने दाबी गरेका छन् ।

राजजनीतिक कोर्स परिवर्तन गर्न यस्तो बाह्र–सत्ताइस खेल भयो भने देश दुर्घटनातिर जाने सम्भवना रहेको बताएका छन् । ‘देश तुरुन्तै फेरि मध्यावधितिर जानुपर्ने अवस्था पनि आउन सक्छ,’ उनले भने, ‘त्यसलै दलहरूले चेत्नुपर्छ ।’अहिले राजनीतिक दलहरूले चेत्नुपर्ने बेला आएको उनले बताए । चुनावको परिणामलाई हेर्दा कसैको बहुमत नआएकाले अब दलहरूले चेत्नुको विकल्प नै नरहेको नेता बाँस्कोटाले बताए ।

nijgadh-supermart-adz1200-630