कांग्रेस अहिले दिशाहीन अवस्थाको जस्तो देखिएको छ –शंकर पोखरेल
वि.सं.२०७९ माघ १६ सोमवार १३:०७
1.07K
shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रपतिमा दाबी गर्नु अर्थहीन हुने नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले बताएका छन्। कांग्रेस अहिले दिशाहीन अवस्थाको पार्टी भएकोले सुरुमा आफ्नो पोजिसन प्रष्ट पारेर मात्र अघि बढ्न पोखरेलले आग्रह गरेका छन्।
आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले कांग्रेसले राष्ट्रपतिमा दाबी गर्न नहुने बताएका छन्। ‘अहिले कांग्रेस न सत्ता पक्ष न प्रतिपक्ष जस्तो देखिएको छ। कांग्रेस अहिले दिशाहीन अवस्थाको जस्तो देखिएको छ। यसले पहिला आफनो पोजिसन प्रष्ट पर्न आवश्यक छ।’ नेपालको लोकतान्त्रिक आन्दोलनको पुरानो पार्टी यस प्रकारको अवस्थामा रहनु दुःखद रहेको पनि उनले बताएका छन्।
‘
वि.सं.२०७९ माघ १६ सोमवार १३:०७

















