skip this

राज्य कोषको दुरुयोग रोक्न आयोग निर्भिक तवरले लागि परेको छ –प्रमुख आयुक्त राई

861 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । प्राकृतिक स्रोत उत्खनन र राज्यकोषको दोहन पछिल्लो समय बढेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले बताएका छन् ।आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औं स्थापना दिवसमा बोल्दै उनले राज्य कोषको दुरुयोग रोक्न आफूहरु सक्रिय भएको बताएका छन् ।

प्रमुख आयुक्त राईले ‘प्राकृतिक स्रोत, खासगरी ढुंगा, गिट्टी, बालुवाको अनुचित उत्खनन्तथा दोहन गर्ने कार्यलाई नियन्त्रण गर्न जरुरी रहेको जिकिर गरेका छन् । यसरी यी क्षेत्रमा हुने र भइरहने अनुचित दोहन, अनियमितता र मस्यौट उपर आयोग निर्भिक तवरले लागि परेको प्रमुख आयुक्त राईले जानकारी गराएका छन् ।
प्रमुख आयुक्त राईले सरकारी कोषबाट नियमित अनुदान लिई कागजी रुपमा मात्र संचालन भएको देखाउने तर कार्यस्थलमा अस्तित्वसम्म पनि नभेटिने विषयको छानबिन र कारबाहीलाई अझै प्रभावकारी बनाउने उल्लेख गरेका छन् ।

प्रमुख आयुक्त राईले राजस्व चुहावट, चोरी, निकासी, पैठारी,न्यून विजकीकरण तथा राजस्व छली जस्ता घटना बढेको बताएका छन् । उनले यसलाई रोक्न राजस्व प्रशासनमा सुधार र राजस्वका नयाँ क्षेत्रको पहिचान र विस्तारका लागि सम्बद्ध निकायहरु सक्रिय हुनुपर्ने बताएका छन् ।

nijgadh-supermart-adz1200-630