ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी नेता चन्द्र भण्डारीकी आमाको निधन
वि.सं.२०७९ फागुन ४ बिहीवार ११:५१
831
shares

काठमाडौं, । ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ ।उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मेडिकल डाइरेक्टर डा.निजिना ताम्राकारका अनुसार १०ः५७ मा भण्डारीको मृत्यु भएको हो ।
बुद्धनगरस्थित निवासमा बुधबार राति ग्याँस विस्फोट हुँदा हरिकला र सांसद भण्डारी सख्त घाइते भएका थिए ।सांसद भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ ।नेता भण्डारीलाई एयर एम्बुलेन्सबाट मुम्बई लैजाने तयारी भएको हो । यसअघि स्वदेशकै उपचारमा विश्वास रहेको भन्दै भण्डारीले भारत नजाने अडान लिए पनि कांग्रेस नेताहरूले उनलाई मनाएका हुन ।
वि.सं.२०७९ फागुन ४ बिहीवार ११:५१

















