आईसीसी यू–१९ पुरुष विश्वकप, नेपालको लगातार तेस्रो जित
वि.सं.२०७९ फागुन १५ सोमवार १६:३४
855
shares

काठमाडौं, । आईसीसी यू–१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले हङकङलाई ९ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हात पारेको छ ।
यूएईस्थिति मलेका क्रिकेट मैदानमा भएको खेलमा हङकङले दिएको १ सय २१ रनको लक्ष्य नेपालले २२ ओभरमा १ विकेट गुमाएर पूरा गरेको थियो । नेपालको जीतमा आकाश त्रिपाटीले प्रतियोगितामा आफ्नो दोस्रो अर्धशतक पूरा गरेका थिए । त्रिपाटीले ७१ बलमा ५ चौका र ३ छक्काको सहयोगमा अविजित ५८ रन बनाएका छन् ।
उत्तम थापाले ५० बलमा ४ चौकाको सहयोगमा अविजित ३९ रन बनाउँदा अर्जुन कुमाल १६ रनमा आउट भएका थिए । नेपालले अब अर्को खेल मलेसियासँग मंगलबार खेल्नेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट हुनेछ।
वि.सं.२०७९ फागुन १५ सोमवार १६:३४
















