skip this farak Kura Pravakar

निर्माणाधीन गौतम बुद्ध रंगशालाको तत्काल सुरु गर्नुपर्छ–रघुजी पन्त

876 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सरकारले आफ्नो स्वामित्वमा लिएर तत्काल बनाउन नेकपा (एमाले)का सांसद रघुजी पन्तले माग गरेका छन् । आज प्रतिनिधि सभालाई सम्बोधन गर्दै पन्तले चितवनको स्टेडियम सरकारले लिएर तुरुन्त निर्मार्ण गर्न सरकारलाई आग्रह गरेका हुन ।

उनले धुर्मुस–सुन्तलीले निर्माण सुरु गरेको निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई स्वामित्वमा लिएर सरकारले बनाउनुपर्ने माग गरेका हुन् । सांसद पन्तले नेपाली क्रिकेट टोलीले जित्दा बधाई दिएर दुई–चार लाख रुपैयाँ पुरस्कार घोषणा गरेर मात्रै नहुने बताएका छन् ।

खेलाडीसँग अपेक्षा राख्ने सरकारले खेल जित्दा एक दुई लाख पुरस्कार घोषणा गरेर मात्रै नहुने उनले बताए । नेपाली खेलाडीहरुको क्रिकेटमा ठूलो सम्भावना रहेको उनको दाबी छ ।

nijgadh-supermart-adz1200-630