skip this farak Kura Pravakar

संवैधानिक आयोगका प्रमुख र सदस्यहरू निर्वाचनबाट आउनुपर्छ – प्रेम सुवाल

744 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । संवैधानिक परिषद् भागबण्डा गर्ने थलो बनेको सांसद् प्रेम सुवालले बताएका छन् । ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ माथि छलफलमा भाग लिँदै सांसद् सुवालले संवैधानिक अंग र न्यायालय तटस्थ हुन नसकेको बताएका छन् ।

सुवालले भने,‘परिषद् प्रधानमन्त्रीको अध्यक्षतामा हुन्छ । संवैधानिक अंग र न्यायालय त तटस्थ हुनुपर्ने होइन र । संवैधानिक आयोगले तटस्थता निर्वाह नगरेको विषय बाहिर आइरहेको छ ।’संवैधानिक आयोगका प्रमुख र सदस्यहरू निर्वाचनबाट आउनुपर्ने बताए । उनले भने,‘भागबण्डा गर्ने परिषद् भयो । त्यसकारण संशोधन गर्न जरुरी छ । ’

nijgadh-supermart-adz1200-630