skip this

भावना : अवकाश पछिको जीवन

4.34K shares
oil-nigam-amlekhgunj-adv.jpeg

अवकाश पछिको जीवन
पट्ट्यार लागे जस्तो
काम भए पनि नभए जस्तो
कामै नभए पनि फुर्सद नभए जस्तो
अवकाश पछिको जीवन
कस्तो कस्तो कस्तो कस्तो

केहि गरुँ जस्तो कतै जाउ जस्तो
सोच्दा सोच्दै समय गए जस्तो
अल्ल्मल्लियेर बाटो बिराए जस्तो
अवकाश पछिको जीवन
कस्तो कस्तो कस्तो कस्तो

केहि छुटे जस्तो केहि गुमाए जस्तो
संगै हातेमालो गरि काम गर्ने
सहकर्मी संगको नाता टुटे जस्तो
अवकाश पछिको जीवन
कस्तो कस्तो कस्तो कस्तो

आफ्नै टाई र कोटले पनि जिस्काए जस्तो
हरेक दिन को दस पाँचको नाता तोडिए जस्तो
दिन, गते र बार भुले जस्तो
अवकाश पछिको जीवन
कस्तो कस्तो कस्तो कस्तो

आफ्नै साथीभाई पनि टाढिए जस्तो
आफ्नै छाँया पनि बिलाए जस्तो
आफुमा अन्य कुनै सीप नभए जस्तो
अवकाश पछिको जीवन
कस्तो कस्तो कस्तो कस्तो

फेरि जागिरै खाने जागर नभए जस्तो
दस पाँचमा बाँधिन मनै नभए जस्तो
आफैलाई जतिनै ब्यस्त राख्न खोजे पनि
अवकाश पछिको जीवन
कस्तो कस्तो कस्तो कस्तो

-गौशाला,बत्तीसपुतली
हाल : जोरपाटी

nijgadh-supermart-adz1200-630