राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता रहेको छ –ईश्वर पोखरेल
वि.सं.२०८० वैशाख १३ बुधवार १२:०२
/f;;;Fu s'/f ub}{ pkk|wfgdGqL kf]v/]n sf7df8f}F, * h]7 M g]kfnsf] klZrdL ;Ldfdf ef/tLo cltqmd0fsf ;Gbe{df /f;;;Fu s'/f ub}{ pkk|wfgdGqL Pj+ /IffdGqL O{Zj/ kf]v/]n . t:jL/ M k|bLk/fh jGt÷/f;;
काठमाडौ। राष्ट्रिय शक्ति निर्माण गर्नुपर्ने आवश्यकता रहेको नेकपा (एमाले)को वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बताएका छन् । आज मनमोहन अधिकारीको २४ औँ स्मृति दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पोखरेलले बलियो राष्ट्रिय शक्ति निर्माण गर्न आवश्यक रहेको बताएका हुन् ।
उपाध्यक्ष पोखरेलले राष्ट्रिय शक्ति निर्माण गर्दा मनमोहन अधिकारीका विचार र कामहरूबाट अभिप्रेरित भएर अघि बढ्नुपर्ने बताएका छन् ।उपाध्यक्ष पोखरेलले राष्ट्रिय शक्ति निर्माण गर्दा राष्ट्रको स्वार्थलाई सर्वोपरि राखेर अघि बढ्नुपर्ने आवश्यकता रहेको पनि बताएका छन् । वर्तमान राष्ट्रिय राजनीतिमा दुई केन्द्र देखापरेको उनको भनाई छ ।
उपाध्यक्ष पोखरेलले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता र देश बनाउने नेतृत्व नेकपा एमालेले गरिरहेको उल्लेख गरेका छन् । उनले वर्तमान गठबन्धन सिद्धान्तविहीन, उद्देश्यविहीन र लोकतन्त्रको मूल्य मान्यताविपरित रहेको दाबी गरेका छन् ।
वि.सं.२०८० वैशाख १३ बुधवार १२:०२

















