skip this

वामदेव गौतमको राष्ट्रिय सभा सदस्यविरुद्ध परेको रिटको सुनुवाइ हुँदै

1.06K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौ । पूर्वमन्त्री वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाएको विरोधमा योग्यतामाथि प्रश्न उठाएर दायर गरेको रिटको आज सुनुवाइ हुँने भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रिराज भट्टले दायर गरेको छुट्टाछुट्टै रिट निवेदनमाथि आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो ।

भदौ २०७७ मा गौतमलाई राष्ट्रिय सभामा मनोनयन गरिएको थियो । प्रतिनिधिसभा सदस्यमा पराजित गौतमलाई सोही कार्यकालमा राष्ट्रिय सभा सदस्य बनाउन नमिल्ने जिकीर गर्दै अधिवक्ताद्वयले रिट दर्ता गरेका हुन् ।

nijgadh-supermart-adz1200-630