skip this

गुरु कुट्ने संस्कृति बढेको र यसको संरक्षणमा सरकार लागेको छ : अध्यक्ष ओली

1.29K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। गुरु कुट्ने संस्कृति बढेको र यसको संरक्षणमा सरकार लागेको नेकपा (एमाले) ले का अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् । बिहीबार काठमाडौं भएको मदन भण्डारी मेमोरियल कलेजको वार्षिकोत्सव कार्यक्रममा गुरु कुट्नेहरुको संरक्षण र प्रोत्सहन गर्ने सरकारको काम खेदजनक रहेको बताए ।

प्राध्यापक कुट्नेहरुलाई संरक्षण गर्न सरकारले मुद्दा फिर्ता लिनुजस्तो नराम्रो कुरा अरु हुनै नसक्ने बताएका उनले गुरु कुट्ने संस्कृतिबाट जोगिनुपर्ने बताए । गुरुलाई देवतासमान मान्ने देशमा गुरु कुट्ने संस्कृतिको विकास हुनु दुःखद भएको उनको भनाइ छ ।

nijgadh-supermart-adz1200-630