skip this

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई माओवादी केन्द्रले विश्वासको मत नदिने

933 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नेकपा (माओवादी केन्द्र)ले विश्वासको मत नदिने भएको छ ।आज विहान बसेको माओवादी केन्द्रको कोशी प्रदेशसभा संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिएका छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनुअघि उनले प्रदेशसभामा रहेका सबै दललाई पत्र लेखेर विश्वासको मत दिन अपिल गरेका छन् ।

nijgadh-supermart-adz1200-630