skip this

सिमरा सपिङ कम्प्लेक्सको प्राम्भिक काम अघि बढ्यो

माटो परीक्षण शुरु

1.61K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–जीतपुरसिमरा उपमहानगरपालिकाले बाराको सिमरामा सपिङ कम्प्लेक्सको प्राम्भिक काम अघि बढेको छ ।

वडा नम्बर २ स्थित सिमराको मुख्य चोकमा उपमहानगरपालिकाले सपिङ्ग कम्प्लेक्स बनाउनको लागी माटो परीक्षण शुरु गरिएको छ ।

नगर विकास कोषको लगानीमा निर्माण गर्ने तयारी गरिएको सपिङ्ग कम्प्लेक्स ५ तल्लाको हुनेछ । व्यवस्थित पार्किङसहितको सपिङ्ग कम्प्लेक्स निर्माणको लागी प्रारम्भिक रुपमा माटो परीक्षण थालिएको जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले बताए । उपमहानगरपालिकाले निर्माण सुरु भएको २ बर्ष भित्रमा सपिङ्ग कम्प्लेक्स सञ्चालन गर्ने तयारी गरेको छ ।

माटो परीक्षणका लागि काम अघि बढाउँदै प्राविधिक टोली । तस्वीर सौजन्य : प्रदीप गौतम

नगर विकास कोष लगानीमा बन्ने योजनाको प्राविधिक कार्य बैशाखमा सकिएको थियो । पाँच वर्षअघि नै कोरियन कम्पनीले डिपिआर तयार गरिदिएको छ । त्यहिँ डिपीआरलाई सामान्य परिमार्जन गरेर ठेक्का आह्वानको तयारी छ । तर, सपिङ कम्पेलेक्स बनाउने ठाउँमा अनाधिकृत संरचना बाधक बनेको छ ।

अवैध रुपमा बनेका अनाधिकृत संरचना हटाउन जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयको प्रयास जारी छ । उसले पटक–पटक सूचना जारी गरेर संरचना खाली गर्न अनुरोध गरेको छ ।

अनाधिकृत संरचना खाली गर्न व्यवसायीले अटेर गर्दै आएका छन् । उपमहानगरले संरचना खाली गर्न पहिलो पटक गत असोजमा सूचना निकालेको थियो । १२ असोज २०७९ मा ३५ दिने सूचना जारी गरेको उपमहानगरपालिकाले दोस्रो पटक ७ महिनापछि ७ बैशाखमा अर्काे सूचना निकाल्यो । अन्तिम पटक भन्दै व्यापार बन्द गरेर संरचना खाली गर्न ७ दिने सूचना २९ बैशाखमा तेस्रो पटक सूचना प्रकाशित गरेका थिए ।

उपमहानगरपालिकाको वडा नं. २ स्थित साविक पिप्रासिमरा गा.वि.स.को नाममा रहेको कित्ता नं. ८१६ (१–४–६३), ८३१ (०–३–४–०) र ८३२ (०–१५–३–८) को जग्गाहरूमा प्रचलित भवन निर्माण सम्बन्धी मापदण्ड बिपरित अनधिकृत संरचनाहरू बनेका छन् ।

सपिङ्ग कम्पेलेक्स बनेपछि उपमहानगरपालिकाको आन्तरिक स्रोत बढ्ने व्यावसायिकता पनि बढ्ने भएकाले जमिन खाली गरेपछि कोषले सपिङ्ग कम्पेलेक्स निर्माणको टेन्डर आह्वान गर्ने जानकारी गराएको छ ।

यस्तो बन्नेछ सपिङ्ग कम्पेलेक्स

तयारी अवस्थामा रहेको सपिङ्ग कम्पेलेक्स डिपीआरमा २ तल्लाको बेसमेन्ट पार्किङ्गसहित जमिन तल्लामा ४० भन्दा माथि सटरहरु, पहिलो तल्लामा २ नं. वडा कार्यालय राख्ने प्रस्ताव छ । त्यसमा बाँकि स्थानमा बैक, सहकारी गरी अन्य गैर सरकारी कार्यालयहरु राख्न सकिने ब्यवस्था छ ।

त्यसैगरि दोश्रो तल्लामा समेत भएको र माथिल्लो तथा तेश्रो तल्लामा जिम हल, फुड कोर्ट, प्ले जोन, रेष्टुरेण्टहरु भाडामा लाग्न सक्ने गरी कमर्सियल भवनको डिजाईन गरिएको छ । समग्रमा चार तल्ले कम्प्लेक्स भवन र दुइ तल्ले बेसमेन्ट पार्किङ्ग राख्ने डिजाईन गरिएको छ ।

सिमराको सपिङ्ग कम्प्लेक्स बनाउन अनाधिकृत संरचना बाधक ! अटेरी गर्नेलाइ अन्तिम पटक सूचना जारी

nijgadh-supermart-adz1200-630