बाराको सिमरामा सम्याक होटल सञ्चालकमाथि छुरा प्रहारको प्रयास
वि.सं.२०८० असोज १८ बिहीवार १९:४७
3.89K
shares

बारा–बाराको जीतपुरसिमरास्थित एक होटल संचालिका माथी छुरा प्रहारको प्रयास भएको छ ।
सिमराको मुख्य चोकमा रहेको होटल सम्याक संचालन गर्ने मिरा थापा तुलाधर माथी दिउँसै करिब २ बजेको समयमा छुरा प्रहारको प्रयास भएको हो ।

स्थानिय अन्दाजी ४५ वर्षका बिनय केसीले तुलाधरलाई ‘मार्छु’ भन्दै होटलमै आक्रमणको प्रयास गरेका हुन् । होटेलको सिसि क्यामेरा भिडियोमा उनले छुरा लिएर आक्रमणको प्रयास गरेको देखिएको छ ।
तुलाधरले भागेर ज्यान बचाएकी छिन् भने स्थानियले प्रहरीलाई खबर गरेपछि उनलाई इलाका प्रहरी कार्यालय सिमराले पक्राउ गरि थुनामा राखेको छ ।
वि.सं.२०८० असोज १८ बिहीवार १९:४७

















