जीतपुरसिमराका कार्यपालिका सदस्यले हस्ताक्षर नगरेपछि मेयर पौडेलले सार्वजनिक गरे एजेण्डा
वि.सं.२०८० असोज २१ आइतवार १९:५५

बारा–स्थानीय सरकारको मन्त्रिपरिषद् भनेर चिनिने कार्यपालिका बैठकमा नगर प्रमुख वा गाउँपालिका अध्यक्षले बैठकका एजेण्डाहरु प्रस्तुत गर्छन् । त्यसको सहजीकरण गर्ने काम प्रमुख प्रशासकीय अधिकृतले गर्छन् । हरेक एजेण्डा प्रस्तुत भइसकेपछि त्यसमा छलफल गरिन्छ ।
कार्यपालिका बैठकका लागि ३ दिन अघि कार्यपालिका सदस्यहरुलाई बैठकको बारेमा जानकारी दिनु पर्छ र २४ घण्टा अगाडी एजेण्डा पठाउनु पर्छ । तोकिएको समयमा कार्यपालिकाको बैठक सुरु हुन्छ । त्यसका प्रमुखले एजेण्डा प्रस्तुत गर्छन ।
अहिले जनप्रतिनिधिहरु कार्यपालिकामा बादविवाद भएका समाचारहरु आईरहका हुन्छ । दुई दिन अघि धरानमा वडा अध्यक्षसँग मेयर हर्क स्याम्पाङको विवाद भएको भिडियो सार्वजनिका भएको छ ।
कतिपय पालिकाका बैठकका विषय बाहिर आईरहेका हुन्छन् भने कतिपयको बैठकमा के के विषय प्रस्तुत भए र पारित भए भन्ने विषय समेत आउदैन ।
जीतपुरसिमरा उपमहानगरपालिकाको आईतबार बसेको २४ औं कार्यपालिकाको बैठकमा प्रस्तुत भएका एजेण्डा त्यहाँका मेयर राजन पौडेलले सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।
उनले लेखेको स्टाट्समा बैठकमा प्रस्तुत गरेका १० वटा एजेण्डाको सूचीसहित गुनासो समेत पोखिएको छ । उनले लेखेका छन्–आजको बैठक अधिकांश वडा अध्यक्ष एवं कार्यपालिका सदस्य बैठक हलमा उपस्थिति भएपनि माइन्युटमा हस्ताक्षर नगरेको हु“दा सफल हुनसकेन ।
के–के थिए एजेण्डा ?
१.स्वयंसेवक सेवक शिक्षक कार्यविधी, २०८०
२.गरिब निवारणका लागि लघु उद्यम विकास कार्यक्रम कार्यविधि, २०८०
३.सुरक्षित आप्रवासन सम्बन्धि कार्यविधि,२०८०
४.सुरक्षित आवास गृह (सेफ हाउस)संचालन कार्यविधि,२०८०
५.नगर अस्पताल संचालन तथा व्यवस्थापन कार्यविधि,२०८०
६.वार्षिक योजना तथा बजेट तर्जुमा दिग्दर्शन,२०८०
७.राष्ट्रिय योजना आयोगबाट जारी स्थानीय तहको योजना तर्जुमा दिग्दर्शन, २०७८
८.वडास्तरीय योजनाको अख्तियारी दिने सम्बन्धमा
९.आर्थिक अधिकार प्रत्यायोजन सम्बन्धमा
१०.फत्तेपुर हाटबजारको जग्गा जीतपुरसिमरा उपमहानगरपालिकाको नाममा कायम गर्न प्रक्रिया अगाडि बढाउने
एजेण्डा र गुनासो सार्वजनिक गरेपछि उनको स्टाट्समा जीतपुरसिमरा १६ का वडा अध्यक्ष हरिदेव खरेलले प्रतिकृया जनाएका छन् । उनले बैठक १ देखि २४ सम्मकै एजेण्डा सार्वजनिक गरिदिएको भए अझै सुन्दर हुने थियोे भनेर प्रतिकृया जनाएका हुन् ।
उनले लेखेका छन्–बैठक नं. २२ मा कार्यपालिकामा एउटा मात्रै प्रस्ताव पेस गरेर पछि प्रमाणीकरण गर्दा ४ वटा प्रस्ताव झुक्याएर गरेछु भनेर पनि सार्वजनिक गरिदिनु भएको भए अझै उत्तम हुने थियो मेयर साहेब।एउटा सत्य लुकाउन ९९ झुटको खेती गर्नुहुन्न श्रीमान !
एजेण्डा प्रस्तुत गर्ने व्यवस्था

जीतपुरसिमरामा विषयगत समिति बनाउन जुटेन सहमति, कसरी बन्छ विषयगत समिति ?
वि.सं.२०८० असोज २१ आइतवार १९:५५

















