त्यो दशैं : कमिलाले फट्याङ्ग्रा बोके जसरी लिङ्गो बोकिन्थ्यो
वि.सं.२०८० कात्तिक ६ सोमवार १९:४१

जब खेतमा धानको बाला लहलह झुुल्थो । घामकिरीहरु आकाशमा घुुम्थो । दशैं आएको महसुस हुन्थ्यो । मन फुुरुङ्ग हुन्थ्यो । घरहरु कमेरो माटोले लिपिन्थ्यो ।
हरेक वर्ष दशैमा दाजुहरुले एकता युवा क्लवबाट नाटक र साँस्कृतिक कार्यक्रमको आयोजना गर्नुहुन्थ्यो । हाम्रो नाचको अभ्यास सुरु हुन्थ्यो ।
हामी साथीहरू मिलेर पिङ्ग हाल्न लिङ्गो काट्न जंगल जान्थ्यौं । कमिलाले फट्याङग्राले बोकेजसरी हामीले लिङ्गो बोकेर ल्याउथ्यौ । दशैमा दक्षिणा पाउने भएकोले हरेक आफन्तकोमा टीका थााप्न जान्थेँ । उक्त पैसा हजुरआमालाई राख्न दिन्थे ।
त्यतिबेला ठुुला दाजुहरु काठमाडौं सहरबाट घर आउँदा उहाँहरुको रवाफ हेर्न लायकको हुन्थ्यो । अजय देवगनको जस्तो हेयर स्टाईल डिङ्गो बुट, बेली बटम पाईन्ट र अत्तर लगाएर हिड्दा हिरो आए जस्तो लाग्थ्यो । मनमनै सोच्थेँ म नि एकदिन यसै गरि हिड्छु ।
एक आपसमा भेटघाट, जमरा र रातो टीका लगाएर हिड्नेहरुको लर्को देख्दा मनै लोभिन्थो ।
–निजगढ–७ योजनास्थित नेत्रोदय माध्यमिक विद्यालयका शिक्षक हुन् ।
वि.सं.२०८० कात्तिक ६ सोमवार १९:४१

















