बैकिङ् कसुर तथा सजाय ऐन २०६४ संशोधन विधेयक सदन पेस
वि.सं.२०८० कात्तिक १२ आइतवार १५:०५

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बैकिङ् कसुर तथा सजाय ऐन २०६४ संशोधन गर्न बनेको विधेयकले चेक अनादर जस्ता कसुरजन्य कार्यको अनुसन्धान र कारबाहीलाई व्यवस्थित बनाउँने दाबी गरेका छन्।
आज प्रतिनिधि सभाको बैठकमा सांसद प्रेम सुवालले दर्ता गरेको विरोधको सूचनामाथि जवाफ दिदैँ उनले नेपाल सरकारले पेश गरेको विधेयकले चेक अनादर जस्ता कसुरजन्य कार्यको अनुसन्धान र कारबाहीलाई व्यवस्थित बनाउँने दाबी गरेका हुन् ।
उनले सुवालले विरोधको सूचनामा उठाएका विषय विधेयकसंग सम्बन्धित समेत नरहेको जिकिर गरे । उनले भने ‘माननिय सदस्यले विरोधको सूचनामा उठाउनु भएका कतिपय विषयहरु यस विधेयकसँग सम्बन्धित देखिदैँन् । त्यसकारण आफ्नो विरोध फिर्ता लिन र विधेयक उपर छलफल तथा कमि कमजोरी भई यसलाई समृद्ध बनाउँने प्रक्रियामा सहभागि हुन अनुरोध गर्न चहान्छु ।’
वि.सं.२०८० कात्तिक १२ आइतवार १५:०५

















