बागदेव दुग्ध उत्पादक सहकारीमा अन्ततः उपाध्यक्षमा पदमा हुने भयो प्रतिस्पर्धा ! गोविन्दले गरे ‘रिङ’ छाडेको स्वघोषणा
अन्तिम चुनाव चिन्हबारे हामी परामर्शमा छौं : निर्वाचन अधिकृत
वि.सं.२०८० पुस २० शुक्रवार २१:००

बारा–बाराको निजगढ–६ स्थित बागदेव दुग्ध उत्पादक सहकारी संस्था लि. मा एउटा पदमा निर्वाचित गर्न अन्ततः मतदान नै हुने भएको
तीन जनाको उम्मेदवारी परेको उपाध्यक्ष पदमा सहमति जुट्न नसक्दा मतदानबाट अन्तिम निर्णय हुने भएको हो ।
उपाध्यक्षमा उदयराज पाण्डे, टुकबहादुर तिमल्सिना, गोविन्द प्रसाद घिमिरेको उम्मेदवारी परेको छ ।
ब्याक भए गोविन्द
उपाध्यक्ष पदका उम्मेदवार गोविन्द प्रसाद घिमिरेले शुक्रबार एक पत्र बुझाउँदै उम्मेदवार नरहने र चुनाव चिन्ह समेत उपलब्ध नगराउन भन्दै स्वघोषणा गरेका छन् ।

उम्मेदवारको नाम फिर्ता गर्न दिईएको समय सकिएको भोलिपल्ट गोविन्दले उम्मेदवारी फिर्ताको घोषणा गरेका हुन् । उनी नेकपा एमाले निकट हुन् ।

दुई जनालाई चुनाव चिन्ह
निर्वाचन समितिले दुई जना उम्मेदवारलाई चुनाव चिन्ह दिएपनि एक जनाको विषयमा निर्णय लिएको छैन ।
निर्वाचन अधिकृत अजय कुमार उप्रेतीका अनुसार उदयराज पाण्डेलाई लालटिन र टुकबहादुर तिमल्सिनालाई मयूर चिन्ह दिईएको छ ।
चुनाव चिन्ह नदिन आग्रह गर्दै पत्र बुझाएका घिमिरेको विषयमा अन्तिम निर्णय हुन नसकेको जानकारी दिदै अधिकृत उप्रेतीले संक्रमणकालिन अवस्था देखिएकाले कानूनी व्यवस्थाको अभावका कारण थप परामर्श गरेर निर्णयमा पुगिने बताए ।

वि.सं.२०८० पुस २० शुक्रवार २१:००
















