skip this

पुरानो निजगढमा कछडिया समुदायको माघीको रौनक (तस्वीरहरू)

4.31K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-आज माघे संक्रान्ति पर्व देशभर विभिन्न समुदायले फरक फरक कार्यक्रम गरेर मनाएका छन् ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ ।

यो पर्वका अवसरमा कछडिया थारु समुदायले बाराको निजगढ–४ पुरानो निजगढस्थित खेल मैदानमा छुट्टा छुट्टै विशेष कार्यक्रम गरेका छन् ।

थारु समुदायले माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । थारु समुदायले माघ १ गतेदेखि गाउँको नयाँ नेतृत्व चुन्ने, नयाँ कामको थालनी गर्ने, नयाँ वर्षको योजना बनाउने लगायतका काम गर्दछन् ।

पहिलो पटक खुला रुपमा

बाराको निजगढ नगरपालिकामा नै पहिलो पटक बृहत रुपमा माघी पर्व मनाईएको छ । माघी पर्व शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम आयोजना गरिएको हो ।

जसमा निजगढका स्थानीय राजनीतिकर्मी, जनप्रतिनिधि र अगुवाहरुले शुभकामना दिएका छन् भने स्थानीय कलाकारहरुले विभिन्न साँस्कृतिक प्रस्तुती प्रस्तुत गरेका छन् ।

निजगढ नगरपालिका वडा नं. ४ को कार्यालयको मुख्य सहयोगमा चन्दादाताबाट समेत सहयोग जुटाएर कछडिया टोल माघी पर्व समितिले कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रमको कछडिया उत्थान समितिका केन्द्रिय अध्यक्ष महेशी कुमरले उद्घाटन गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका नेता शम्भुबहादुर बुढाथोकी, पेमाशिद्धि लामा, विष्णु खड्का, नेकपा (माओवादी केन्द्र) का नेता रविराज दंगाल, सन्तोष दंगाल, वडा अध्यक्ष विसन सापकोटा, सैया गुरो, कार्यपालिका सदस्य अरुणा विक, मिना चौरेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

समितिका अध्यक्ष रुपेशकुमार चौधरीको सभापतित्वमा भएको कार्यक्रममा वडा अध्यक्ष स्वर्ण लामा, कार्यपालिका सदस्य सर्मिला सुनार, ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक घनश्याम श्रेष्ठ, कांग्रेस निजगढ नगर सचिव मधु तिमल्सिना, वडा सदस्य सागर गौतम लगायत सहभागि थिए भने कार्यक्रममा स्वागत रामेश्वर कुमर र सञ्चालन बलराम खड्का, पवन भगिरथले गरेका थिए ।

कार्यक्रमा विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो । राष्ट्रिय फुटबल खेलाडी जन्मेजय धामी, जेष्ठ नागरिक लगायतलाई सम्मान गरिएको हो ।

हेर्नुहोस् पुरानो निजगढको तस्वीरहरू :

 

nijgadh-supermart-adz1200-630