सडकटोलको श्री कृष्ण प्रणामी मन्दिरमा सुरु भयो ब्रम्हज्ञान महायज्ञ (भिडियो)
वि.सं.२०८० चैत १ बिहीवार २०:३३

बारा–बाराको निजगढ नगरपालिका वडा नं. ६ सडकटोलस्थित श्री कृष्ण प्रणामी मन्दिरमा ब्रम्हज्ञान महायज्ञ सुरु भएको छ ।
मन्दिर स्थापनाको ३१ औं बार्षिकोत्सवको अवसरमा चैत्र १ गतेदेखि ५ गतेसम्म पञ्चदिवसिय ब्रम्हज्ञान महायज्ञ सुरु भएको हो ।
महायज्ञमा विदुषी उषा घिमिरेजी, साहित्यचार्य, जनार्दन महाराजजी र धर्म प्रचारक श्यामदास कुंवरजी लगाएत अन्य विद्धवान विदुषीहरूबाट श्रीमुख ब्रम्हवाणी चर्चा एवंम् श्रीकृष्ण कथा बाचन हुनेछ ।
महायज्ञको पहिलो दिन आज शोभा कलश यात्रा निकालिएको छ । यसअघि मोटरसाईकल यात्रा निकालिएको थियो । मन्दिर परिषरबाट रथसहित निकालिएको कलश यात्रामा सयौं भक्तजन र स्थानीयको सहभागिता रहेको थियो ।
महायज्ञको धार्मिक विधि अनुसार निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले दिप प्रज्वलन गरेर उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पुरीले समाजमा देखिएको विकृतिको अन्त्यका लागि निजानन्द समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे ।
मन्दिर समितिका अध्यक्ष यादवकुमार तिमल्सिनाले कार्यक्रमबारे जानकारी गराउँदै मन्दिर परिषरमा बनाउन लागिएको सभाहलको पूर्णताका लागि आवश्यक पहल गरिदिन आग्रह गरे ।
त्यसैगरि कलश यात्रा कार्यक्रम संयोजक मोहनप्रसाद सापकोटाले कलश यात्रा सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।
कार्यक्रममा निजगढ नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष घनश्याम तिमल्सिना लगायतको उपस्थिति रहेको कार्यक्रमको सहजिकरण भिमप्रसाद सापकोटाले गरेका थिए
भिडियो :
https://www.facebook.com/61554154396132/videos/887129089770219
वि.सं.२०८० चैत १ बिहीवार २०:३३
















