skip this farak Kura Pravakar

ईद पर्वको अवसरमा जीतपुरसिमराका मेयर पाैडेलद्वारा शुभकामना !

1.46K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-मुस्लिम समुदायले आज महान् पर्व ईद-उल फित्र (ईद) मनाउँदैछन् ।

मुस्लिम धर्मवालम्बीहरुको रमजान महिनाको एक महिने व्रत, उपासना सकिएको भोलिपल्ट मनाईने ठूलो चाडको रूपमा रहेको ईद-उल फित्र (ईद) मा आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकआपसमा खुसीयाली, सद्‍भाव एवं स्नेह साटासाट गरी शुभकामना आदान प्रदान गर्दै मनाउने गरिन्छ ।

ईदकाे अवसरमा सरकारले आज सार्वजनिक विदा दिएको छ । यस अवसरमा तीनै तहका सरकार प्रमुख, विभिन्न पार्टी प्रमुखले शुभकामना दिएका छन् ।

ईदकाे अवसरमा जीतपुरसिमरावासी तथा देश, विदेशमा रहनु भएका सम्पूर्ण नेपाली मुस्लिम बुवाआमा, दिदीबहिनी तथा दाजुभाइहरूमा मेयर राजन पाैडेलले सुख, शान्ति, समृद्धि एवं दीर्घायुका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देश प्रकाशित गर्दै मेयर पाैडेलले यस्ता चाडपर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण एवं संवर्द्धन हुनुका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्‌भाव, सहिष्णुता, भातृत्व, सहकार्य र मेलमिलाप अभिवृद्धि हुने विश्वास व्यक्त गरेका छन् ।

त्यस्तै भौगोलिक, जातीय र सांस्कृतिक विविधता जीतपुरसिमरा उपमहानगरपालिका तथा सिङ्गो नेपाली समाजको मौलिक पहिचान हो । यस्ता मौलिक पर्वहरुले नै हाम्रो विविधता भित्रको सुदृढ एकता तथा राष्ट्रिय भावनालाई अझ बलियो बनाउन योगदान गर्दछ भन्ने विश्वास लिएको उल्लेख छ ।

शुभकामना सन्देशमा भनिएको छ-आफ्नो परम्परालाई निरन्तरता दिदैं आर्थिक भार नपर्ने गरी जति सकिन्छ सानो खर्चमा जनस्वास्थ्यका मापदण्डहरूका साथै धार्मिक नीति, नियमहरूको पालना गर्दै सावधानी तथा हर्षोल्लासका साथ यो पर्व मनाउनु हुनेछ भन्ने विश्‍वास लिएको छु ।

अन्तमा, यस पर्वले नगरवासी तथा सम्पूण नेपालीहरु बीच आपसी सद्‍भाव र सहिष्णुता अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत, विविधतायूक्त र प्रगतिशील समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना प्रकट गर्दछु ।

nijgadh-supermart-adz1200-630