skip this farak Kura Pravakar

निजगढ नगर कार्यपालिका सदस्य चाैरेलले गरिन् श्रीमानकाे जन्मदिनमा ह्वील चेयर र सेताे छडी वितरण

3.94K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराकाे निजगढ नगर कार्यपालिका सदस्य मिना चाैरेलले श्रीमान राजेश चाैरेलकाे ३९ ओैं जन्मदिनकाे अवसर पारेर अपांगता भएका व्यक्तिहरुलाइ सहयोग गरेकी छिन् ।

चाैरेलले निजगढ ४ का तीन जनालाई सेताे छडी र एक जनालाई ह्वील चेयर वितरण गरेकी छिन् ।

माझी टाेलका रमेश माझी केहि अगाडि काठमाडौमा विद्युतको काम गर्ने क्रममा करेन्ट लागेर दुबै हात खुट्टा नचल्ने भएका छन् । उनलाई ह्वील चियर वितरण गरिएको हाे ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) निजगढ ४ का वडा कमिटीका अध्यक्ष राजकुमार कार्की र स्थानीय बल बहादुर माझी, इन्द्र माझीकाे उपस्थिति रहेकाे थियाे ।

त्यसअघि मानव कल्याण सेवा घरको ३१ जना आमाबुवाहरुलाई दिउँसोको खाजा भोजन गराएकि छिन् । कार्यक्रममा सहजीकरण अभिभावक सरिता खड्का र सेवा घरको अभियान्ता सम्राटको उपस्थित थियो ।

nijgadh-supermart-adz1200-630