skip this

जीतपुरसिमरा उपमहानगरपालिकाको दशौ नगर सभाको बैठक ६ असारमा

1.95K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको दशौ नगर सभाको बैठक असार ६ गते बस्ने भएको छ ।

आ.व.२०८१/८२ को नीति तथा कार्यक्रम र बजेटको प्रस्तावहरु सहित प्राईम पार्टी प्यालेस, जीतपुर (पूरानो शिव पार्वती हल) मा विहान ११ बजे सभाको बैठक बस्ने भएको हो ।

बैठकबारे नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेले सूचना निकालेर जानकारी गराएकी छिन् ।

सूचनामा भनिएको छ–नेपालको संविधानको अनुसूची ८ को क्र.सं १२, धारा २३० को उपधारा (१), स्थानीय सरकार सञ्चालन ऐन, २०७४ परिच्छेद १० को दफा ७१ को उपदफा (१) तथा जीतपुरसिमरा उपमहानगरपालिकाको नगर सभा संचालन नियमावली, २०७५ को नियम ३ को उपनियम (१) बमोजिम आ.व.२०८१/८२ को नीति तथा कार्यक्रम र बजेट को प्रस्तावहरु सहित दशौ नगर सभाको बैठक बस्न लागेको हो ।

यसअघि जीतपुरसिमराले ९ चैत्र २०८० मा नवौं नगर सभा सोहि पार्टी प्यालेसमा आयोजना गरेको थियो ।

संसद भवनको झल्को दिने जीतपुरसिमराको नगर सभा सञ्चालन (हेर्नुस् तस्वीर/भिडियो)

nijgadh-supermart-adz1200-630