skip this farak Kura Pravakar

बाढी प्रभावितलाई तत्काल राहत वितरण गर्ने जीतपुरसिमरा उपमहानगरपालिकाकाे निर्णय

3.26K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराको जीतपुरसिमरा उपमहानगरपालिकाकाे भाङ्ग्रे खोलामा आएको बाढीले क्षति पुर्याएपछि उपमहानगरपालिकाले राहत वितरण गर्ने भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिकाको शुक्रबार बसेको बिपद् व्यवस्थापन समितिको बैठकले बाढी पीडित तथा डुबानमा परेकाहरुलाई तत्काल राहत बितरण गर्ने निर्णय गरेकाे हाे ।

बैठकले बाढीले गरेकाे क्षतीको मूल्याङ्कन गरी सोको उचित व्यवस्थापन गर्ने निर्णय गरेकाे मेयर राजन पाैडेलले जनाएका छन् ।

मेयर पौडेलले बाढी र डुबान प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेका थिए ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका– २ शान्तिटोलमा वर्षासंगै आएको बाढी बस्तीमा पसेपछि एक घर भत्किएको छ। बर्षापछि भाङ्ग्रे खोलामा आएको बाढी बस्तीमा पस्दा स्थानीय सुनिल साहको पक्की घर भत्किएको छ।

बाढीले घर भत्काएपछि स्थानीय र सुरक्षाकर्मी मिलेर परिवारका सदस्यको उद्धार गरेका छन् भने भत्किएको घरबाट सामान निकालिएको छ।

यता बाढीले बजनीमा गुडिरहेको एउटा कार बगाएको छ। जीतपुरका व्यवसायी शिवजी साह सोनारलगायत चारजना सवार कार बाढीले बगाएको हो। बाढीले कारसँगै बगाएपछि एक स्थानीयले उनीहरुलाई उद्धार गरेका थिए। कार बाढीले बगाएपछि डोरीले रुखमा बाँधेर राखिएको थियो।

यसैगरी बाढीले शुक्रबार बिहान जीतपुरसिमराको सिमरा बजार, एयरपोर्ट रोड, पावर हाउस, नरबस्ती, बजनी जलमग्न बनेको थियो। वर्षा रोकिएपछि बजार क्षेत्रमा आएको बाढी भने घटेको छ। बर्षाले सडक जलमग्न बनेपछि केही विद्यालयले आकस्मिक सूचना जारी गर्दै विद्यालय बन्द गरेका थिए।

उता जीतपुरसिमरा उपमहानगरपालिका– ५ स्थित खाल्का टोल डुबानमा परेको छ। अत्यधिक वर्षापछि आएको बाढीले सयौं घर रहेको बस्ती डुबानमा परेको हो।

बस्ती डुबानमा परे पनि मानिस सुरक्षित छन्। वर्षाले सोही वडामा रहेको सशस्त्र प्रहरीको बेस क्याम्प, स्वास्थ्य चौकी समेत डुबाएको छ।

nijgadh-supermart-adz1200-630