skip this farak Kura Pravakar

निजगढको समस्या बोकेर विद्युत प्राधिकरण सिमरा पुग्यो दंगाल नेतृत्वको जम्बो टोली 

कुलमान घिसिङले वितरण प्रमुखलाई दिए कडा निर्देशन

2.18K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा– निजगढको समस्या बोकेर नेकपा (माओवादी केन्द्र) का यूवा नेता रविराज दंगाल नेतृत्वको जम्बो टोली नेपाल विद्युत प्राधिकरण सिमरा वितरण केन्द्र पुगेको छ ।

टोलीका संयोजक रविराज दंगालले केन्द्र प्रमुख रुमेश रुपाखेतीलाई निजगढ नगरपालिकाका १३ वटै वडामा देखिएका विद्युत सम्बन्धि समस्याबारेमा लिखित रुपमा ज्ञापन पत्र पेश गरेका हुन् ।

टोलीमा माओवादी केन्द्रका नेता संजिब लोप्चन, रतनपुर विद्युत संघर्ष समितिका संयोजक धन बहादुर खुलाल, निजगढ नगरपालिकाकी कार्यपालिका सदस्य फुलमाया लोप्चन, हिमाल आधारभूत विद्यालयका प्रधानाध्यापक हरिशरण खड्का, सिंगौलका छिरिङ दोर्जे बल, पिपलटारका प्रतीक भ्लोन, निजगढका ईश्वर सापकोटा, उदयराज पाण्डे, सञ्चारकर्मी महेश्वर अधिकारी, उमेश घलान लगायतको उपस्थित रहेका थिए ।

टोलीको ज्ञापन पत्र बुझ्दै केन्द्र प्रमुख रुपाखेतीले निजगढ क्षेत्रको समस्या तत्काल समाधान गर्ने आश्वासन दिएका छन् ।

यसैविच नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले निजगढको समस्या समाधान गर्ने गरि काम अघि बढाउन केन्द्र प्रमुख रुपाखेतीलाई निर्देशन दिएका छन् ।
उनले काम गर्न बजेटको अभाव नहुने भन्दै तत्काल समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।

भिडियो :

https://www.facebook.com/61554154396132/videos/379982371590322

nijgadh-supermart-adz1200-630