skip this

एमाले निजगढको अंक गणित : थानेश्वरले पाए लोकप्रिय मत, फिर्ता लिदाँ पनि शर्माले पाए भोट

जो फिर्ता हुन चाहे उनैले जिते

1.76K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–नेकपा (एमाले) निजगढ नगर कमिटीको निर्वाचनको मत परिणामले तीन रोचक दृष्य देखिएको छ ।

थानेश्वरले पाए लोकप्रिय मत

अध्यक्ष पदका आकांक्षिका रुपमा चर्चामा रहेका थानेश्वर सापकोटा अविरलले सचिव पदमा उम्मेदवारी दर्ता गराए । उनको सचिव पदमा उम्मेदवारी लिएकै साँझ उनी विरुद्ध सामाजिक सञ्जालमा उम्मेदवारी खारेज गर्ने गरि प्रचार भयो । उनी नेतृत्वको संस्थाको विषयलाई ल्याएर मत प्रभावित पार्ने प्रयास भयो तर मत परिणाम भने फरक देखियो ।

लोकप्रिय मत उनै थानेश्वरले प्राप्त गरेका छन् । अध्यक्ष पदमा तिलक घलान १७९ ले विजयी हुदाँ थानेश्वरले १८४ मत प्राप्त गरे ।

कुल दुई सय ९८ मतमध्ये दुई सय ८९ मत खसेको थियो । उनका प्रतिस्पर्धी प्रेमबहादुर कार्कीले ८५ मत प्राप्त गरेका छन् ।

जो फिर्ता हुन चाहे उनैले जिते

उपसचिव पदमा विजयी भएका पुरुषोत्तम भट्टराईले उम्मेदवारी फिर्ता लिन चाहेपनि समय सकिएको भन्दै निर्वाचन समितिले फिर्ता लिन नसकिने बताएपछि उनको उम्मेदवारी कायम भएको थियो ।

शर्माले पाए ५ भोट

उपसचिव पदमा उम्मेदवारी दिएर सामाजिक सञ्जालमार्फत उम्मेदवारी फिर्ता लिएको घोषण गरेका सुरेश शर्मालाई पनि मत खसेको छ । उनले पाँच मत प्राप्त गरेका हुन् ।

nijgadh-supermart-adz1200-630