skip this farak Kura Pravakar

जीतपुरसिमरा–४ स्थित देवआश्रममा ५० फिट अग्लो शंकर भगवानको मूर्ति निर्माणको अभियान सुरू

सहयोग संकलन सुरु

1.92K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बाराकाे जीतपुरसिमरा उपमहानगरपालिका–४, देवआश्रम पार्कमा भव्य ५० फिट अग्लो शंकर भगवानको मूर्ति निर्माण कार्यको अभियान औपचारिक रूपमा सुरू गरिएको छ ।

धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनको लक्ष्यसहित सुरू गरिएको उक्त अभियानमा स्थानीय व्यवसायीहरू तथा समाजसेवीहरूको सक्रिय सहभागिता रहेको छ ।

मूर्ति निर्माण अभियानमा व्यवसायी पंकज गुप्ता, सुदीप रिमाल, गोविन्द गहतराज, वडा नं. २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठ, प्रगतिशील सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष सन्तोष दाहाल र समाजसेवी मनोज शाहको प्रमुख भूमिका रहेको छ ।

सामूहिक प्रयासमार्फत मूर्तिको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको जीतपुरसिमरा उपमहानगरपालिका-४ नं. वडाका अध्यक्ष भाेजबहादुर खत्री ईश्वरले जानकारी दिए ।

अभियान शुभारम्भमै व्यवसायी सुदीप रिमालले रु ५१,००० सहयाेग गरी उदाहरणीय योगदान प्रस्तुत गरेका छन् भने वडा नं. २ का वडाध्यक्ष धनबहादुर श्रेष्ठबाट रु २४,९९९ सहयोग प्राप्त भएको छ ।

वडा अध्यक्ष ईश्वरले सामाजिक सञ्जाल फेसबुकबाट अभियानमा सामेल भइ सहकार्य गर्ने सबैलाई सहयाेगका लागि आह्वान गरेका छन् ।

भविष्यमा मूर्तिको शिलालेखमा सहयाेगकर्ताहरूको नाम उल्लेख गरिने जानकारी दिइएको छ ।

nijgadh-supermart-adz1200-630