skip this farak Kura Pravakar

कलैया उपमहानगरपालिकाभित्रका विद्यालयमा जेठ २८ देखि ३० गतेसम्म गर्मी बिदा

1.1K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा–अत्यधिक गर्मीका कारण कलैया उपमहानगरपालिका अन्तर्गतका विद्यालयहरूमा दुई दिनको लागि पठनपाठन स्थगित गरिएको छ ।

नगर शिक्षा समितिको २०८२/०२/२७ गतेको निर्णय अनुसार बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले २०८२/०२/२८ गतेदेखि २०८२/०२/३० गतेसम्म विद्यालयहरू बन्द गरिने निर्णय गरिएको हो ।

उपमहानगरपालिकाले जारी गरेकाे सूचना अनुसार, केही विद्यालयहरूबाट अत्यधिक गर्मीका कारण विद्यार्थीहरूमा समस्या देखिन थालेपछि नगर शिक्षा समितिले विशेष बैठक गरी यस्तो निर्णय गरेको हो ।

यसबीचको बिदा अवधिपछि २०८२/०३/०१ गते आइतबारदेखि पुनः कक्षाहरू नियमित रूपमा सञ्चालन गरिने सूचनामा उल्लेख गरिएको छ ।

नगर शिक्षा समितिका प्रमुख राजिव कुमार यादवले विद्यार्थीसँग सम्बन्धित शिक्षण संस्था, शिक्षक तथा अभिभावकहरूलाई आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेका छन् ।

nijgadh-supermart-adz1200-630