skip this

निजगढमा बसले पहिचान नखुलेका पुरुषलाई दियाे ठक्कर ! अवस्था गम्भीर, बस र चालक प्रहरी नियन्त्रणमा

480 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-पूर्वपश्चिम राजमार्गकाे बाराकाे निजगढ नगरपालिका–९ स्थित लच्का अली ग्यारेज नजिक
विहीबार राति करिब ११:३० बजे एक बसको ठक्करबाट एक पुरुष गम्भीर घाइते भएका छन् ।

सिराहाबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३–०१ख–३३१३ नम्बरको बसले हाल नाम, थर र वतन खुल्न नसकेको एक पुरुषलाई ठक्कर दिएको हो ।

घटनापछि गम्भीर अवस्थामा रहेका घाइतेलाई तत्काल उपचारका लागि प्रसूति अस्पताल निजगढ लगिएको थियो । त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचारका लागि कलैया प्रदेशिक अस्पताल पठाइएको र घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय निजगढका अनुसार दुर्घटनापछि बस र चालक राजेन्द्र बिमलीलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

nijgadh-supermart-adz1200-630