रास्वपा तेस्रो स्थापना दिवस : निजगढकाे ऐतिहासिक पर्वतनाथ महादेव मन्दिरमा सरसफाइ तथा वृक्षारोपण
वि.सं.२०८२ असार ७ शनिवार १२:०१

बारा-राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो तेस्रो स्थापना दिवस विविध कार्यक्रम गरेर बारामा पनि मनाउँदैछ।
निजगढ नगर समितिले बाराको निजगढ ४ स्थित ऐतिहासिक पर्वतनाथ मन्दिरमा सरसफाई गरेको छ ।
दिवसको अवसर पारेर सरसफाई र फूलका बिरुवाहरु रोपेको हो ।
पार्टी नगर कार्यवाहक सभापति सविना बिष्टले समितिको आयोजनामा पहिलो स्थापना दिवस सोही ठाउँमा मनाइएको र दोस्रो पटक निजगढ ९ स्थित वाकेश्वर मन्दिरमा आयोजना गरेको बताईन् ।
स्थापना दिवसमै साँझ ५ बजे सहिद दिप प्रज्वलनकाे कार्यक्रम समेत आयाेजना गरिएकाले सहभागी हुन पार्टी पक्तिलाई कार्यबाहक सभापति विष्टले आह्वान गरेकी छिन् ।
अरु कहाँ के हुदैछ ?
बाराको उत्तरी भेग निजगढदेखि भारतसँगकाे सिमा नाका मटिहर्वासम्म विविध कार्यक्रमकाे आयाेजना गरेकाे छ ।
रास्वपा बाराका सचिव रामहरी खरेलका अनुसार सदरमुकाम कलैयादेखि मटिअर्वा नाकासम्म माेटरसाईकल र्यालीसहित झण्डाेताेलन कार्यक्रम गर्दैछ ।
रास्वपाकाे जीतपुरसिमरा नगर समितिले साँझ दिप प्रज्वलनकाे कार्यक्रम समेत आयाेजना गरेकाे जिल्ला सचिव रामहरी खरेलले बताए ।
वि.सं.२०८२ असार ७ शनिवार १२:०१

















