सिमरा कलेजका शालिक राम अधिकारी सह–प्राध्यापकमा बढुवा
वि.सं.२०८२ साउन २४ शनिवार १८:१९
1.89K
shares

बारा — सिमरा कलेज, सिमराका वरिष्ठ शिक्षक शालिक राम अधिकारी सह–प्राध्यापक पदमा बढुवा भएका छन् ।

पूर्व कलेज प्रमुख रहेका अधिकारी लामो समयदेखि शिक्षण क्षेत्रमा सक्रिय छन् । अधिकारीको बढुवापछि उनलाई नयाँ क्याम्पस प्रमुख शम्भु खरेलसहित कलेज व्यवस्थापन एवं सहकर्मीहरुले बधाई दिएका छन् ।
कलेज परिवारले अधिकारीलाई हार्दिक बधाई दिँदै उज्ज्वल शैक्षिक योगदानको निरन्तरताका लागि शुभकामना व्यक्त गरेको छ ।
वि.सं.२०८२ साउन २४ शनिवार १८:१९
















