skip this

निजगढमा नेपाल महिला संघले भाद्र ८ गते तीज विशेष शुभकामना आदान–प्रदान कार्यक्रम गर्ने

1.31K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-हिन्दु नारीहरुको महान चाड हरितालिका तीजको अवसरमा नेपाल महिला संघ, निजगढ नगर कार्यसमितिले विशेष शुभकामना आदान–प्रदान तथा दर कार्यक्रम गर्ने भएको छ ।

निजगढ नगर उद्योग वाणिज्य संघको सभाहलमा आईतबार हुने कार्यक्रममा महिला सदस्यहरूको उल्लेखनीय उपस्थिति रहने नेपाल महिला संघ नगर सचिव चन्द्रिका कुमारी मगरले जानकारी दिईन् ।

कार्यक्रममा सहभागीहरूले दर खाने परम्परा संगसँगै सांस्कृतिक कार्यक्रममार्फत तीजको महत्व झल्काउने बताएको छ ।

नेपाल महिला संघ नगर सचिव चन्द्रिका कुमारी मगरले तीज पर्वले महिलाबीच एकता, सद्भाव र आत्मबल वृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिन ।

nijgadh-supermart-adz1200-630