skip this

लाल बकैया खोलामा सतर्कता तह नाघ्यो, डुबानको जोखिम

1.38K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-मकवानपुर जिल्लाको लाल बकैया खोलामा पानीको सतह सतर्कता तह पार गरेको छ।

मकवानपुरकाे जुरेली बजारस्थित जलमापन केन्द्रमा आज साँझ ६ बजेदेखि पानीको सतह सतर्कता तह नाघेको र अझै बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

पानीको सतह बढ्दै गएपछि नदी तटीय क्षेत्रका बस्ती तथा डुबान हुने सम्भावना रहेका होचा भू-भागमा बसोबास गर्नेहरुलाई विभागले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागका अनुसार लगातारको वर्षाका कारण बकैया खोलामा पानीको बहाव तीव्र बनेको छ, जसले आसपासका क्षेत्रमा डुबान र क्षतिको जोखिम बढाउन सक्छ । स्थानीयवासीलाई सुरक्षित स्थानमा बस्न र अनावश्यक जोखिम नलिन आग्रह गरिएको छ ।

nijgadh-supermart-adz1200-630