skip this farak Kura Pravakar

थारु राष्ट्रिय मुक्ति मोर्चा निजगढको अध्यक्षमा विगुलाल धामि निर्वाचित

1.24K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-नेकपा (माओवादी केन्द्र) अन्तर्गतको जनवर्गीय संगठन थारु राष्ट्रिय मुक्ति मोर्चा, नेपाल निजगढ नगरको प्रथम सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ।

सम्मेलनले विगुलाल धामिको अध्यक्षतामा २९ सदस्यीय नगर कमिटी सर्वसम्मत निर्वाचित गरेको छ।

नयाँ नेतृत्वमा उपाध्यक्ष कन्तलाल धामि र दिलिप गुरो, सचिव प्रमोद कुमार चौधरी, कोषाध्यक्ष सुचिता कुमर र सहसचिव कलावति धामि चयन भएका छन्।

त्यस्तैगरी सुकमाया धामी, अक्षय कुमर, जानम कुमर, अशोला गुरो कुमर, गितादेवी धामी,भगवान बाल कुमर, इनरा धामी, सञ्जा धामी, पार्वती थरुनी, चौविसलाल कुमर, चन्द्रावती कुमर सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् ।

त्यस्तै उदियादेवी, निराजन चौधरी, मोहिलाल कुमर, विजय कुमर, ललिता कुमर, सरिता कुमारी, अतवरिया धामी, मिना चौधरी, विहारी धामी, सुकनी देवी धामी, चन्दृका धामी र कान्छा देवि सर्वसम्मत कार्यसमिति सदस्य निर्वाचित भएका छन् ।

त्यस्तैगरी निजगढ नगरपालिका वडा नम्बर ४ का जननिर्वाचित वडा सदस्य राजसेन कुमर, शिव कुमर कछाडिया र तारादेविलाई सल्लाहकारमा सर्वसहमतिले निर्वाचित भएका छन् ।

कार्यक्रम सभाअध्यक्ष कन्तलाल थामिको अध्यक्षतामा सम्पन्न भएको सम्मेलनमा पार्टी केन्द्रीय सदस्य एवं बारा जिल्ला इन्चार्ज अनिल श्रेष्ठ प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथि पार्टी केन्द्रीय सदस्य सोनालाल शाह, मोर्चाका उपाध्यक्ष तपेश्वर चौधरी, राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव युवराज लामा, पार्टी प्रदेश कमिटी सदस्य एवं निजगढ नगर इन्चार्ज रबिराज दंगाल, निजगढ नगर अध्यक्ष सन्ताेष दंगाल, तामाङ राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रीय उपाध्यक्ष बेनि बहादुर मोक्तान, अनेम संघ (क्रान्तिकारी) बारा जिल्ला अध्यक्ष धनमाया लामा लगायत विभिन्न जनवर्गीय संगठनका केन्द्रीय, प्रदेश र जिल्ला तहका नेताहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

nijgadh-supermart-adz1200-630