skip this farak Kura Pravakar

कविता : म शिक्षक

378 shares
oil-nigam-amlekhgunj-adv.jpeg

पूर्ण कद उठाएर
मस्तिष्कमा बिजारोपण गर्ने
जिन्दगीको मृदुल बागमा
जीवन समर्पण गर्ने
ज्ञान सिन्धुमा चोप्दै
प्रविधि र सीपको शङ्ख बजाएर
हिमाल झैँ उच्च राख्ने सपना बोकी
अहोरात्र खट्ने म एक शिक्षक
अनुहारमा खुसी पोत्न
जिज्ञासाको प्यास मेट्न
भोकमा शिक्षाको खुराक दिन
हरेक प्रश्नको उत्तर दिन
माहुरी झैँ उड्ने म एक शिक्षक
सपनाको चित्र कोर्ने
लक्षको तुलो जोख्ने
योजनाको भारी बोक्ने
सुमार्गको आँखा खोल्ने
म एक शिक्षक।।

-दाङ, तुलसीपुर

nijgadh-supermart-adz1200-630