अक्षय तृतीयामा निजगढको बाबा रामेश्वर मन्दिरमा पहिलोपटक श्रृङ्गारिक सन्ध्या महाआरती
वि.सं.२०८३ वैशाख ७ सोमवार २२:४४
87
shares

बारा-अक्षय तृतीयाको अवसरमा बाराको निजगढ–४ चारघरेटोलस्थित बाबा रामेश्वर मन्दिरमा आज भव्य रूपमा श्रृङ्गारिक सन्ध्या महाआरती आयोजना गरिएको छ ।
शास्त्रअनुसार अक्षय तृतीया अत्यन्त शुभ दिन मानिन्छ । यसै दिन भगवान विष्णुले परशुराम अवतार लिएको धार्मिक विश्वासका आधारमा महाआरती आयोजना गरिएको विशाल बद्रिनाथ मन्दिरका महन्त श्री सुदर्शन रामानुदासले जानकारी दिए ।
श्रीबकैयाधाम आश्रमका बटुकहरूले प्रस्तुत गरेको श्रृङ्गारिक सन्ध्या महाआरतीमा स्थानीय भक्तजनको उल्लेखनीय सहभागिता रहेको थियो । भक्तजनहरू उत्साहपूर्वक कार्यक्रममा सहभागी भई धार्मिक वातावरणलाई अझ उल्लासमय बनाएका थिए ।
मन्दिरमा पहिलोपटक आयोजना गरिएको यस महाआरतीलाई आगामी दिनहरूमा पनि निरन्तरता दिने योजना रहेको आयोजकले बताएका छन् ।
वि.सं.२०८३ वैशाख ७ सोमवार २२:४४
















