skip this

हिमालयन बुलियनका ग्राहकलाई १० लाखसम्म दुर्घटना बीमा, सगरमाथा लुम्बिनीसँग सम्झौता

138 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौ-हिमालयन बुलियन कम्पनी लिमिटेडले आफ्ना ग्राहकलाई गरगहनासँगै दुर्घटना बीमाको सुविधा उपलब्ध गराउने भएको छ। कम्पनीले यसका लागि सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडसँग दुर्घटना बीमा सम्बन्धी सम्झौता गरेको हो।

२५ वर्षदेखि गरगहना व्यवसायमा सक्रिय हिमालयन बुलियनले ग्राहकको सुरक्षा र सुविधालाई ध्यानमा राख्दै सदस्यताका आधारमा बीमा योजना अघि सारेको जनाएको छ।

कम्पनीका अनुसार ग्राहकलाई Silver, Gold र Diamond Membership गरी तीन तहमा विभाजन गरिएको छ। आगामी बडादशैंको घटस्थापनादेखि सदस्यताको तहअनुसार दुर्घटना बीमा सुविधा लागू हुनेछ।

जसअनुसार Silver Membership का ग्राहकले १ लाख रुपैयाँसम्म, Gold Membership का ग्राहकले ५ लाख रुपैयाँसम्म र Diamond Membership का ग्राहकले १० लाख रुपैयाँसम्म दुर्घटना बीमा सुविधा प्राप्त गर्नेछन्।

हिमालयन बुलियनले गरगहना खरिदलाई केवल व्यापारिक कारोबारका रूपमा सीमित नराखी ग्राहकको सुरक्षा र दीर्घकालीन सम्बन्धलाई प्राथमिकतामा राख्दै बीमा सुविधा सुरु गरिएको जनाएको छ।

कम्पनीका अनुसार सगरमाथा लुम्बिनी इन्स्योरेन्ससँगको सहकार्यबाट ग्राहकले गरगहना खरिदसँगै थप सुरक्षा सुविधा प्राप्त गर्नेछन्। आगामी घटस्थापनाबाट सुरु हुने योजनाले ग्राहकको विश्वास र सुरक्षालाई थप मजबुत बनाउने कम्पनीको अपेक्षा छ।

nijgadh-supermart-adz1200-630