skip this

तस्वीरमा हेर्नुस् थानकोटको ‘सप्ताहव्यापी निःशुल्क मास्क वितरण’

1.66K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं : चन्द्रागिरि नगरपालिकास्थित थानकोटमा दुई दिनदेखि निःशुल्क मास्क वितरण भईरहेको छ । थानकोट जेसीज र महानगरीय प्रहरी वृत्त थानकोट प्रहरीले शनिबारदेखि सप्ताहव्यापी निःशुल्क मास्क वितरण’ अभियान सञ्चालन गरिरहेको हो ।
अभियान अन्तर्गत दोश्रो दिन थानकोट बजारमा क्षेत्रमा वितरण गरिएको थियो । निःशुल्क मास्क वितरण गर्नुका साथै प्लेकार्डमार्फत जनचेतना समेत फैलाईएको थियो ।
थानकोट प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत कोरोना सङ्क्रमण न्यूनीकरणका लागि थानकोट जेसिजले सहकार्य गरेको छ ।
११ सय मास्क वितरण
अभियान अन्तर्गत काठमाडौँ बाहिरबाट काठमाडौँ उपत्यका भित्रिने सवारीसाधनका चालक, सहचालक र यात्रु तथा पैदलयात्रुलाई थानकोट बजारमा ११ सय मास्क वितरण गरिएको थियो ।
अभियान नागढुङ्गा, गुर्जुधारा, नैकाप, दहचोक, तीनथानालगायतका क्षेत्रमा माघ ११ गते सम्म सञ्चालन हुने थानकोट प्रहरीले जनाएको छ ।

तस्वीरहरु : रोशन दानीको फेसबुकबाट

nijgadh-supermart-adz1200-630