skip this

आफन्तलाई विदाई गर्न विमानस्थलमा जान नपाइने

1.05K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : कारोना महामारीलाई मध्यनजर गर्दै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आफन्तलाई विदाई गर्न जान नपाइने भएको छ।
नागरिक उड्डयन प्राधिकरणले कोभिड–१९ को जोखिम उच्च रहेकाले विमानस्थल परिसरमा आफन्तलाई विदाईका लागि जान रोक लगाइएको जनाएको छ।
प्राधिकरणले शुक्रबार विज्ञप्‍ति जारी गरी विमानस्थलमा आवतजावत गर्दा अनिवार्य मास्क र स्यानीटाइजरको प्रयोगलाई उच्च प्राथमिकतामा राख्‍न अनुरोध गरेको छ।
यात्रुले टर्मिनलभित्र तापक्रम परीक्षण  मात्र प्रवेश गर्नुपर्ने प्राधिकरणले जनाएको छ। ‘लाइन लाग्दा भिडभाड नगरी तोकिएको मार्किङ गरिएको ठाउँमा मात्र उभिनुपर्ने छ। उभिँदा वा लाइन लाग्दा अनिवार्य सामाजिक दूरी कायम गर्नुपर्ने छ।’ विज्ञप्तिमा भनिएको छ।
हेर्नुस् सूचना

nijgadh-supermart-adz1200-630