प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि
वि.सं.२०७९ साउन १० मंगलवार १२:३१
2.78K
shares

काठमाडौं-प्रि-ओपन सेसनमा नेप्से सूचक १.१७ अंकले बढेको छ । यस वृद्धिसँगै सूचक २१३४.१४ विन्दुमा आएको छ ।
१४ लाख ४४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३० कम्पनीको २३ सय २३ कित्ता सेयर कारोबार भएको छ ।
यस सेसनमा कुल ४९ वटा कारोबार भएको हो । २१ कम्पनीको भाउ बढेको छ भने ७ कम्पनीको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
वि.सं.२०७९ साउन १० मंगलवार १२:३१

















