skip this

एसीसी प्रिमियर कपःनेपालले कुवेतलाई दियो २८१ रनको लक्ष्य

912 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमा। एसीसी प्रिमियर कपको फाइनलमा स्थान बनाउनका लागि कुवेतले २ सय ८२ रनको लक्ष्य पाएको छ । टियु मैदान कीर्तिपुरमा जारी खेलमा घरेलु टोली नेपालले कुवेतलाई जितका लागि २ सय ८२ रनको लक्ष्य दिएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४२ ओभरमा ९ विकेट गुमाएर २ सय ८१रन बनाएको हो । बर्षाका कारण ४२ ओभरमा छोट्याईएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले ९५ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ९४ रनको अर्धशतकीय ईनिङ खेले । कुशल मल्लले ४४ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५७ रनको अर्धशतकीय ईनिङ खेले ।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ६५ बलमा ७७ रनको साझेदारी गरेका थिए । १० दशमलब ५ ओभरमा ७७ रन बनाएको अवस्थामा विकेट गुमाएको थिएन ।

लगत्तै तीन विकेट गुमाएको नेपालका लागि चौथो विकेटका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले १ सय ९ रनको सानदार साझेदारी गरेपछि नेपाल सम्मानजनक योगफलमा पुगेको हो । मल्ल सयद मोईबको बलमा ५७ रन बनाउँदै आउट भएपछि साझेदारी तोडिएको थियो ।

आरिफ शेखले १९ बलमा २ चौका तथा १ छक्काको सहयोगमा १९ रन बनाए । सोमपाल कामीले ११ बलमा १ चौका र १ छक्काको सहयोगमा अविजित १३ रन बनाए । कुवेतका लागि कप्तान मोहम्मद अस्लाम र अदनान इद्रिसले समान ३र३ तथा सयद मोनिव र यासिन पटेलले समान १र१ विकेट लिए ।

कुवेतले समूह चरणको अन्तिम खेलमा हङकङलाई ३० रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको थियो । उक्त खेलमा कुवेतले मुलपानी मैदानमा २ सय ७२ रन बनाएको थियो ।

नेपाल अपराजित रुपमा सेमिफाइनल प्रवेश गरेको हो । कुवेतले यस प्रतियोगितामा युएईसँग मात्रै हारेको छ । पहिलो खेलमा कुवेत युएईसँग १ सय ४३ रनले पराजित भएको थियो।

यस खेलको विजेताले दोस्रो सेमिफाइनलको विजेता टोलीसँग फाइनलमा भिड्ने छ । च्याम्पियन टोलीले आगामी सेप्तेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा सहभागीता जनाउने छन् ।

शीर्ष तीनमा रहने देशले एसीसी ईमर्जिङ कप खेल्नेछ । नेपाल र कुवेतबीच अहिलेसम्म तीन खेल भएको छ । जसमा नेपालले दुई तथा कुवेतले एक जित हात पारेको छ ।

nijgadh-supermart-adz1200-630