skip this yams_Max_Hospital.jpeg

महागढीमाई पञ्च वर्षिय मेलामा कृषि एक्स्पो

कार्यबहाक प्रधानमन्त्री सिंहले गरे कृषि एक्स्पो गढीमाई – २०८१ को उद्घाटन

435 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-कनेक्ट किसानको आयोजनमा बाराको बरियारपुरमा ‘ कृषि एक्स्पो गढीमाई – २०८१ ’ शुरु भएको छ ।

५ वर्षको अन्तरालामा लाग्ने गढीमाई मेलामा सहभागी जनाउन आउने भक्तजन र उर्भर भूमि तराईमा खेती गर्दै आएका किसानहरुलाई प्रविधि र बजारसँग जोड्ने उदेश्यले किसान, व्यवसायी, कृषि विज्ञ, सरकारी निकाय र कृषिसँग सरोकार राख्ने अभियान्ताहरुको जमघट गराउने उदेश्यले ‘ कृषि एक्स्पो गढीमाई – २०८१ ’ आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंहले उक्त एक्स्पोको समुद्घाटन गरेका थिए, भने वन मन्त्री तथा वातावरण मन्त्रालयकी राज्यमन्त्री रुपा विशकर्मा, बाराको महागढीमाई नगरपालिकाका प्रमुख उप्रेन्द्र प्रसाद यादव, बाराकै फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अंसारीलगायतको उपस्थिति रहेको थियो ।

मंसिर २४ गतेसम्म चल्ने एक्स्पोमा २ लाख बढीले अवलोकन गर्नुका साथै ५ करोड रुपैयाँ भन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य रहेको मेला संयोजक सञ्चिता लामिछानेले बताईन् ।

एक्स्पोमा १ सय ५० भन्दा बढी स्टलहरु रहने छन् , भने अवलोकनकर्ताहरुले कृषिमा भित्रिएको नविनतम प्रविधिदेखि मल, बीउ, परामर्श सबै एकै ठाउँबाट प्राप्त गर्न सक्नेछन् । एक्स्पोको प्रमुख आर्कषणमा कृषि सेमिनार रहेको छ, जहाँ किसानहरुले विज्ञहरुसँग नि:शुल्क परामर्श लिनुका साथै भलाकुसारी गर्ने अवसर समेत रहने लामिछानेले बताईन् ।

एक्स्पोमा कृषिका विभिन्न विधाहरु ( जस्तै: कुखुरापालन, माछापालन, बाख्रापालन, गाई – भैँसी पालन, डेरी ) लगायत कृषिका नविनतम औजार, उपकरण, केरा खेती, थोपा सिचाईं, विषादी रहित कृषि, इत्यादीका बारेमा जानकारी प्राप्त गर्न सकिने छ ।

यसैगरी, उक्त एक्स्पोमा देशभरिबाट बढी भन्दा बढी उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ / संस्थाका प्रतिनिधिलगायत आम कृषकहरुले प्रर्दशनीमा आधुनिक प्रविधिहरुको जानकारी प्राप्त गर्ने छन् , भने एक अर्कासँग प्रत्यक्ष भेटघाट गरी सम्बन्ध विकास गर्न सक्नेछन् । साथै, एक्स्पोमा कृषकहरुका समस्याहरुलाई समाधान गर्ने उद्देश्यले कृषिका विभिन्न विषयमा स्वदेशी विज्ञहरुद्वारा सेमिनार आयोजना हुने तथा देशभरिबाट आएका कृषकहरुलाई कृषि प्रविधि, कृषिका विभिन्न विधाहरुको बारेमा जानकारी गराउने कार्यक्रम समेत रहेको छ ।

यस्तै, नि:शुल्क प्रवेशको व्यवस्था गरिएको उक्त एक्स्पोमा कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुर्याउने साना – साना औजार, मेशिनदेखि लिएर डेरी मेशिनरी, पशुपंक्षीपालन, फलफूल खेती र कृषि जन्यउद्योगमा प्रयोग हुने उपकरणहरुको प्रदर्शनी गरिने छ ।

एक्स्पोबाट नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत मिल्ने र तीनको प्रयोगद्धारा कृषि उत्पादन वृद्धि भई मुलुकलाई कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पुग्ने र कृषि उपजहरुको बजरिकरणमा राम्रो भूमिका खेल्ने विश्वास गरिएको आयोजकले जनाएको छ ।

nijgadh-supermart-adz1200-630