skip this yams_Max_Hospital.jpeg

गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न सरकारले पहल गर्छ : गृहमन्त्री लेखक

510 shares
nijgadh mahotsab
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-गृहमन्त्री रमेश लेखकले गढीमाई मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन सरकारले पहल गर्ने बताएका छन् ।

बाराको बरियारपुरस्थित गढीमाई मन्दिरमा पूजाअर्चना गर्दै गृहमन्त्री लेखकले विश्वप्रसिद्ध गढीमाई मेलाले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पुर्‍याएको भन्दै गढीमाई मन्दिरको संरक्षणका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

गढीमाई मेलालाई व्यवस्थित बनाउन सुरक्षाको दृष्टिकोणले कुनै कसर बाँकी नराख्ने र यसका लागि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको उनले बताए ।

गृहमन्त्री लेखकले मेलामा दर्शनार्थीको चाप बढी भएमा आवश्यक परेको अवस्थामा थप सुरक्षाकर्मी खटाउन जिल्लास्थित सुरक्षानिकायलाई निर्देशन समते दिए ।

उनले आजै बारा र पर्साका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखसँग यसबारे छलफल गर्नुका साथै गढीमाई मेलामा आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए ।

मेलामा आउने भक्तजनको सुरक्षामा कुनै कमी नहोस् भन्दै गृहमन्त्री लेखकले सुरक्षा निगरानीका लागि सीसीटीभी क्यामेरा लगायत उपकरणको प्रयोगमा ध्यान दिन आग्रह गरे ।

 

nijgadh-supermart-adz1200-630