जग्गा बेच्ने पक्राउ
वि.सं.२०७८ चैत ६ आइतवार १८:५७
1.25K
shares

काठमाडाैं । जग्गा बैना लिएर फरार भएका एक व्यक्ति पक्राउ परेका छन् ।
भक्तपुर दुवाकोटमा रहेको चार आना जग्गा प्रतिआना २१ लाखमा मोल छिनेर बैना लिएका ललितपुर–३ घर भई हाल काभ्रेपलाञ्चोक धुलिखेल बस्दै आएका ४९ वर्षीय ध्रुवप्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरेको हो ।
ध्रुवले बेलबारी(३ की सीमा सुवेदीसँग बैनाबापत ४५ लाख ५० हजार रकम लिएको प्रहरीले बताएको छ ।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले घिमिरेलाई दरबारमार्गबाट पक्राउ गरेको हो ।
बैना लिएर सम्पर्कमा नआएपछि भक्तपुर मालपोत कार्यालयमा बुझ्दा अर्कैको नाममा पास गरेको खुलेको छ ।
वि.सं.२०७८ चैत ६ आइतवार १८:५७

















