घुससहित पक्राउ परेका मेयरविरुद्ध मुद्दा दायर
वि.सं.२०७८ चैत ६ आइतवार १९:०५
1.91K
shares

काठमाडौं । रौतहटको देवाही गोनाही नगरपालिका प्रमुख (मेयर) धर्मेन्द्रप्रसाद पटेलविरुद्ध भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ।
पटेलले उपभोक्ता समितिबाट भवन निर्माण पश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा विभिन्न बहाना बनाई सेवाग्राहीसँग पाँच लाख माग गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो।
उजुरीका आधारमा घुस रकम २ लाख ५० हजारसहित पक्राउ गरेर अख्तियारले पटेलविरुद्ध मुद्दा चलाउने निर्णय गरेको हो।
पटेल र उनका सहयोगी अशोक प्रसाद पटेलको मिलेमतोमा आर्थिक हिनामिना गरेको अख्तियारको अभियोग छ।
पटेललाई बिगो पाँच लाख रुपैयाँ कायम गरी भ्रष्टाचार निवारण ऐनबमोजिम विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियार केन्द्रीय कार्यालय टंगालले जनाएको छ।
वि.सं.२०७८ चैत ६ आइतवार १९:०५

















