काडिजमाथि एट्लेटिको जित
वि.सं.२०७८ फागुन २८ शनिवार ०७:२४
1.46K
shares
PARTIDO DE LIGA ENTRE ATLETICO Y CADIZ. GOL 3-0 LUIS SUAREZ,
काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत शुक्रबार राति भएको खेलमा एट्लेटिको मड्रिड विजयी भएको छ।
घरेलु मैदान एट्लेटिकोले काडिजलाई २-१ अन्तरले पराजित गर्यो। उसको जितमा जोआओ फेलिक्स र रोड्रीगो डे पौलले एक एक गोल गरे।
काडिजका लागि अल्भारो नेग्रेडोले सान्त्वना गोल गरे। खेलको ८८ मिनेटमा एट्लेटिकोका जाभियर सेरोनाले रातो कार्डको सामना गरेका थिए।
२८ खेलबाट ५१ अंक बनाएको एट्लेटिको शीर्ष तीनमा उक्लिएको छ। काडिज भने २८ खेलबाट २४ अंक सहित १८औं स्थानमा छ।
वि.सं.२०७८ फागुन २८ शनिवार ०७:२४

















