नेपाल राष्ट्रिय शिक्षक संगठन बाराको अध्यक्षमा निजगढ ८ गौरीशंकरका झा चयन

वि.सं.२०८१ चैत २७ बुधवार १६:५०
492
shares

बारा–नेपाल राष्ट्रिय शिक्षक संगठन बाराको अध्यक्षमा निजगढ–८ स्थित गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक बन्द्रीनारायण झा चयन भएका छन् ।
नेपाल राष्ट्रिय शिक्षक संगठन बाराको १४ औं जिल्ला अधिवेशनले झाको नेतृत्वमा नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षमा जियालाल चौधरी, कालिका भण्डारी, सचिवमा विष्णु ढकाल, कोषाध्यक्षमा जयराम राउत, सहकोषाध्यक्षमा पुनमकुमारी यादव चयन भएका छन् ।
त्यस्तै सदस्यमा मनोज चौधरी, उमेश स्वर्णकार, राजेन्द्र साह, बविता चौधरी, गिता खनाल, राजेशप्रसाद यादव, सोनालाल जयसवाल, भजु साह चयन भएका छन् ।
जिल्ला अध्यक्ष सुरेन्द्र पासवानको अध्यक्षतामा भएको साधारण सभामा जयराम राउतले आर्थिक र सुरेन्द्र पासवानले सांगाठानिक प्रतिवेदन पेश गरेका थिए ।

वि.सं.२०८१ चैत २७ बुधवार १६:५०