निजगढका एमाले नेता तिमल्सिनाकाे मोटरसाइकल दुर्घटनामा निधन

वि.सं.२०७९ पुस ४ सोमवार १९:५१
2.52K
shares

बारा-बाराको निजगढमा भएको मोटरसाइकल दुर्घटनामा परि नेकपा (एमाले) का स्थानीय एक नेताकाे ज्यान गएको छ ।
बाराको निजगढ नगरपालिका-१ सिंगौल बस्ने ४७ वर्षीय भोलाप्रसाद तिमल्सिनाको मृत्यु भएको हाे ।
उनी चढेको ना ३४ प ८३३१ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको ना ६ ख २२६१ नम्बरको ट्रकमा निजगढ नगरपालिका वडा नम्बर १ धन्सार पुल नजिकै ठोक्किएर दिउँसो दुर्घटना भएको थियो ।
दुर्घटनामा ज्यान गुमाएका भोलाको शव पोस्टमार्टमका लागि कलैया अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७९ पुस ४ सोमवार १९:५१