skip this

रेशम चाैधरी रिहाइ गर्न सरकारले ल्याएकाे अध्यादेश प्रमाणिकरण गर्न माग्दै बारामा प्रदर्शन

4.19K shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-सरकारले ल्याएकाे अध्याधेश प्रमाणिकरणकाे माग गर्दै बारामा प्रदर्शन भएको छ ।

टिकापुर घटनामा मुख्य याेजनाकारका रुपमा जेलमा रहेका रेशम चाैधरीलगायलाई रिहाइ गर्ने उदेश्यले ल्याईएकाे अध्याधेश प्रमाणिकरणकाे लागि राष्ट्रपति कार्यालयमा पुगेकाे छ ।

सरकारले ल्याएको अध्यादेशकाे समर्थनमा बाराकाे सदरमुकाम कलैयामा प्रदर्शन भएको हाे ।
थारु कल्याणकारी सभा बाराका अध्यक्ष रामप्रसाद चाैधरीकाे अध्यक्षतामा भएको शान्तिपूर्ण रूपमा काेण सभामा नागरिक उन्मुक्ति पार्टीका बारा अध्यक्ष रामचन्द्र चाैधरी, नेतृ राधा कुमारी चाैधरी,थारु कल्याणकारीका भुवन चाैधरी,स्वतन्त्र युवा समुहका रामकिशाेर यादवलगायतले सम्बाेधन गरेका थिए । कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीकि नेतृ उर्मिला महताे लगायतको उपस्थिति रहेकाे थियाे ।

nijgadh-supermart-adz1200-630