डिभिजन वन कार्यालय बाराका डिभिजन प्रमुख सिंह सम्मानित
वि.सं.२०८० मंसिर १० आइतवार १२:२१
2.33K
shares

बारा–डिभिजन वन कार्यालय बाराका डिभिजन प्रमुख विनोद सिंह सम्मानित भएका छन् ।
वन, वन्यजन्तु, वन पैदावार तथा वन अतिक्रमण खेलेको भूमिकाको लागि सम्मानित भएको छ ।
नेपाल वन प्राविधिक संघले आफ्नो २९ औं साधारण सभाको अवसरमा वन अधिकृत सिंहलाई कदर पत्रले सम्मान गरिएको हो ।
उपराष्ट्रपति रामसहाय प्रसाद यादवले संघका अध्यक्ष किरण पौडेल, उपाध्यक्ष गायत्री कार्की, महासचिव कृष्णप्रसाद वस्तीद्धारा संयुक्त हस्ताक्षरित कदर पत्र प्रदान गरेका हुन् ।
वि.सं.२०८० मंसिर १० आइतवार १२:२१
















